Logo
Logo

गृहमन्त्री अर्यालको सांसद बन्ने सिफारिस शीतल निवासमा ‘होल्ड’


1.9k
Shares

काठमाडौं । सत्ताबाट बाहिरिनुअघि आफ्ना प्रिय पात्रलाई ‘सेटल’ गर्ने प्रधानमन्त्री सुशीला कार्कीको योजनामा राष्ट्रपति रामचन्द्र पौडेल तगारो बनेका छन् ।

चैत ३ गते शीतल निवास पुगेको गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा नियुक्ति गर्नेसम्बन्धी फाइल राष्ट्रपतिले अध्ययनका लागि भन्दै थन्क्याइदिएका हुन् ।

‘एउटै दलको स्पष्ट बहुमतको सरकार बन्ने अवस्थामा अन्तरिम सरकारको सिफारिस तुरुन्तै कार्यान्वयन गर्नु परिपक्व राजनीति होइन,’ शीतल निवास स्रोतले भन्यो, ‘नयाँ सरकारको ‘कन्सर्न’ बुझेर मात्र यस विषयमा निर्णय लिइनेछ ।’

यता आफ्नै मन्त्रीलाई सांसद उपहार दिने प्रधानमन्त्रीको शैलीमाथि चर्को आलोचना भइरहेको छ भने अर्कोतिर यो मुद्दा सर्वोच्च अदालतसम्म पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्