काठमाडौं । नेपाली क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले जेबी ब्रुग्सबाट इयू टी-२० लिग बेल्जियम खेल्ने भएका छन् ।उनले जेबी ब्रुग्सलेबाट इयू टी-२० लिग खेल्ने भएका हुन् । जेबी ब्रुग्सले टोलीमा दीपेन्द्रलाई अनुबन्ध गरेको जनाएको छ ।

जेबी ब्रुग्स एनपीएलको फ्रेन्चाइज जनकपुर बोल्ट्स आबद्ध रहेको ड्रीम स्पोर्ट्सको स्वामित्वमा रहेको छ । दीपेन्द्र एनपीएलमा भने सुदूरपश्चिम रोयल्सबाट खेल्छन् । जेबी ब्रुग्सले यसअघि न्युजिल्यान्डका आक्रामक ओपनर कलिन मनरो र दक्षिण अफ्रिकाका राशी भान डेर डुसेन अनुबन्ध गरिसकेको छ ।
प्रतियोगिताको ड्राफ्ट मार्च २४ मा हुँदै छ, जसमा १८ नेपाली खेलाडी पनि सहभागी हुनेछन् । डेस्टिनो लेजेन्ड्स स्पोर्ट्स एलएलसीले बेल्जियम क्रिकेट फेडेरेसनसँगको सहकार्यमा पहिलो पहिलो पटक आयोजना गर्न लागेको इयु टी-२० बेल्जियम क्रिकेटमा ६ टोली सहभागी हुनेछन् ।
सहभागी टोलीमध्ये एक लियेज रेड लायन्सले नेपाली क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछानेलाई अनुबन्ध गरिसकेको छ ।











