Logo
Logo

प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरमा पूजा


441
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जानकी मन्दिरमा पूजाअर्चना गरेकी छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक जनकपुरधाम पूगेकी उनले जानकी मन्दिरमा दर्शन गरेकी हुन् ।

त्यस क्रममा उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आफ्नो नितान्त यो धार्मिक यात्रा रहेको बताइन् । निर्वाचन गराउने म्यान्डेट पाएर प्रधानमन्त्री बनेका सुशीला कार्की अहिले फुर्सदमा छन् । हिजो मुगुको रारा ताल र हुम्लाको भ्रमण गरेर उतै बसेका उनी आज जनकपुर पूगेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्