Logo
Logo

मध्यपूर्वमा रहेका ८२ हजार नेपालीले दर्ता गराए विवरण


378
Shares

काठमाडौं । हालसम्म मध्यपूर्वमा रहेका ८२ हजार एक सय जना नेपाली नागरिकले आफ्नो विवरण दर्ता गराएका छन् । उनीहरूले परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा आफ्नो विवरण दर्ता गराएका हुन् ।   

The current image has no alternative text. The file name is: Pararastra.gif

शुक्रवार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले अनलाइन दर्ता प्रणालीमा दर्ता भएकामध्ये करिब ६ हजार जनाले सुरुमा आफूहरू असुरक्षित रहेको जानकारी गराएका थिए ।

तर पछिल्ला दिनहरूमा असुरक्षित महशुस गर्नेहरूको सङ्ख्या उल्लेख्य रूपमा घटेको उनको दाबी छ । इजरायल, अमेरिका र इरानबीच बढ्दो तनावका बीच मध्यपूर्वका विभिन्न देशहरूबाट मन्त्रालयको आपत्कालीन कक्षमा हालसम्म ७८ वटा कलसहित कुल १ सय ७० पटक सम्पर्क भएको क्षेत्रीले उल्लेख गरे ।

उनले अवस्था सामान्य बन्दै गएको कारण श्रम स्वीकृतिको विषयमा जानकारी लिन धेरैजसो सम्पर्क हुने गरेको जानकारी दिए । उनले मन्त्रालयले आफ्ना १० वटै नियोगहरूमार्फत समस्यामा परेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिने र आवश्यक समन्वय गर्ने कार्य भइरहेको जानकारी दिए ।

उनले भने, ‘कन्सुलर सेवा विभागबाट जुन अनलाइन दर्ता प्रणाली प्रयोजनमा ल्याइएको थियो उक्त प्रणालीमा हालसम्म ८२ हजार १ सय जनाले विवरण दर्ता गराउनुभएको छ । यो डेटामा झन्डै ६ हजार जतिले हामी असुरक्षित छौँ भन्नुभएकोमा पछिल्लो केही दिनयता असुरक्षित छौँ भन्नेको सङ्ख्या ह्वात्तै घटेको देखिन्छ । त्यसैगरी हाम्रो इमरजेन्सी कन्ट्रोल रुममा हालसम्म ७८ कलसहित एक सय ७० पटक सम्पर्क गरिएको छ । सम्पर्क गरेकामध्ये अधिकांशले सुरुका दिनहरूमा सुरक्षाको विषयमा जानकारी माग्ने र गराउने गर्नुभएको थियो । अहिले पछिल्लो समयमा श्रम स्वीकृति कहिले खुल्छ भन्ने प्रकारका जिज्ञासाहरू प्राप्त भएका छन् ।’

क्षेत्रीले हाल कुनैपनि नेपाली नागरिक विदेशका ट्रान्जिटमा नरहेको जानकारी दिए । जेद्दामा रहेका ५२ जना हजयात्रीहरू समेत स्वदेश फर्किसकेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्