Logo
Logo

प्रधानमन्त्री कप क्रिकेट: पहिलो दिनका दुवै खेल वर्षाका कारण रद्द


252
Shares

जनकपुरधाम । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार (चैत ७)का निम्ति निर्धारित दुवै खेल वर्षाका कारण रद्द गरिएको छ । यस दिन प्रतियोगिताको उद्घाटन खेल धनुषाको जनकपुरधाममा हुने तालिका थियो । दोस्रो खेल वीरगन्जमा हुने तय थियो ।

जनकपुरधाममा मधेस र कोसी प्रदेशबीचको खेल सुरु नहुँदै रद्द गरिएको छ । वीरगन्जमा कर्णाली र लुम्बिनी प्रदेशबीचको खेल सुरु भए पनि वर्षापश्चात् रद्द गरिएको आयोजकले जनाएको छ ।

दुवै खेल रद्द भएपछि चारै टिमले एक÷एक अंक पाएका छन् ।

शुक्रबार हावाहुरीसँगै वर्षा भएपछि जनकपुरधामस्थित निर्माणाधीन रामजानकी बहुउद्देश्यीय रंगशालामा पानी भनिएको थियो । शनिबार बिहानैदेखि पानी हटाउने काम गरिए पुनः वर्षा भएपछि खेल रद्द गरिएको हो । खेल रद्द भए पनि उद्घाटनसत्र सञ्चालन गरिएको थियो ।

यस्तै, वीरगन्जमा कर्णाली र लुम्बिनीबीचको खेल सुरु भएकामा ७ ओभरमा वर्षाका कारण रोकिएको थियो । त्यति बेलासम्म कर्णालीले २० रन बनाएको थियो । पुनः पानी पर्न सुरु भएपछि खेल रद्द गरिएको हो ।

आइतबार जनकपुरधाम र वीरगन्जमा खेल नहुने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्