Logo
Logo

कोरोना संक्रमण भएका चित्रबहादुर केसीको अवस्था गम्भीर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ कात्तिक ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीको गम्भीर बिरामी भएका छन् । उनलाई कोरोना संक्रमणका साथै निमोनिया समेत भएको छ।


मेडिसिटी अस्पतालको आइसोलेसनमा उपचाररत केसीको स्वास्थ्य गम्भीर रहेको कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले विज्ञप्ति निकालेर जनाएका छन् । जनमोर्चाको केन्द्रीय कार्यालयमा बुधबार बसेको बैठकले केसीको लामो समयसम्म अस्पतालमा राखी उपचार गर्नुपर्ने भएकोले उपचारमा लाग्ने खर्च पार्टी तथा शुभचिन्तकहरूको सहयोगबाट गर्ने निर्णय गरेको छ । सहयोगदाताहरूले राष्ट्रिय वाणिज्य बैंक, नयाँ बानेश्वर शाखाको राष्ट्रिय जनमोर्चाको बैंक खाता १४२०००४१७३०१ मा सहयोग रकम जम्मा गरिदिन जनमोर्चाले अनुरोध गरेको छ ।
बरिष्ठ नेताको उपचारमा सरकारले ध्यान नदिएको उनका आफन्तहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्