काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट अन्तरगत आज एपीएफका ओपनिङ ब्याट्सम्यान आसिफ शेखले शतक प्रहार गरेका छन् । उनले बाग्मतीविरुद्ध ८८ बलमा शतक प्रहार गरेका हुन् ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा बाग्मतीले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । ओपनर दिपक बोहोरा र कप्तान रोहितकुमार पौडेललाई सस्तैमा गुमाएपछि आसिफले सन्दीप जोरासँग मिलेर बलियो शतकीय साझेदारी गरेका थिए । ४२ रनमा दुई विकेट गुमाएको स्थितिबाट उनीहरुले एपिएफलाई १४६ रनमा पुर्याए ।
जोरा ५३ बलमा ५२ रन बनाएर आउट भए । त्यसपछि भने एपिएफको ब्याटिङ लड्खडाएको छ । सुमित महर्जन ३८ बलमा १८ रन बनाएर पेभिलियन फर्किए । अमर रौटेलाले ४ बलमा १ रन मात्रै जोड्न सके । आसिफ पनि छैटौं विकेटका रुपमा आउट भएका छन् । १०५ बलको सामना गरेका उनले ११४ रन जोड्दा १४ चौका र ३ छक्का प्रहार गरे ।
ताजा स्थितिमा एपीएफले ४१ ओभरमा ६ विकेट गुमाएरु २१९ रन बनाएको छ । विष्फोटक ब्याट्सम्यान लोकेश बम र युवराज खत्री क्रिजमा छन् ।











