Logo
Logo

सशस्त्रलाई विभिन्न विधा र क्षेत्रबाट योगदान पुर्याउनेहरुलाई आईजी एपीएफ कमिन्डेशन  


630
Shares

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाललाई विभिन्न विधा र क्षेत्रबाट अनुकरणीय योगदान पु¥याउनेहरुलाई आईजी एपीएफ प्रशंसा बाट सुशोभन गरेका छन् । 

The current image has no alternative text. The file name is: samman.jpg

चैत्र ८ गते महानिरीक्षक अर्यालले २५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव)को अवसरमा घोषित आईजी एपीएफ कमिन्डेशन बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ्ग, गायक दिपक लिम्बु र पर्वतारोही टासी लाक्पा शेर्पालाई प्रदान गरेका हुन् । महानिरीक्षक अर्यालले आईजी एपीएफ कमिन्डेशन बाट सुशोभित हुनेहरूलाई हार्दिक बधाई दिँदै आगामी दिनहरूमा समेत उनीहरूबाट मुलुक र सङ्गठनलाई यस्तै उत्कृष्ट योगदानको अपेक्षा गरिएको बताए । 

त्यसैगरी गायक लिम्बुले सम्मान प्राप्त भएकोमा सङ्गठनप्रति हार्दिक आभार प्रकट गर्नुकासाथै खुशी समेत व्यक्त गरे । सो कार्यक्रममा सशस्त्र प्रहरी अतरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल र बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल नेपालका उच्च अधिकृतहरूको समेत उपस्थित रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्