Logo
Logo

प्रधानमन्त्री कप : एपीएफको विजयी सुरुवात


441
Shares

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गर्दै जित हासिल गरेको छ ।

The current image has no alternative text. The file name is: cricket-1.jpg

काठमाडौंको मूलपानिस्थित माथिल्लो मुपानी क्रिकेट मैदानमा आज भएको खेलमा एपीएफले बागमती प्रदेशलाई ७१ रनले पराजित गर्दै जित हासिल गरेको हो । २७२ रनको लक्ष्य पछ्याएको बागमती प्रदेश ४५.१ ओभरमा सबै विकेट गुमाउँदै २०० रनमै समेटियो ।

बागमतीका लागि विवेक मगरले ३४ रन बनाए भने उत्तम मगरले २६ रनको योगदान दिए । त्यस्तै सुबास खत्रीले २७ रन तथा रिजन ढकाल अविजित २० रन जोडे । 

बलिङतर्फ एपीएफका रोहित पौडेल र अभिषेक गौतम ले उत्कृष्ट प्रदर्शन गर्दै समान ३–३ विकेट लिए । साथै युवराज खत्री, नन्दन यादव र कमल ऐरीले समान एक एक  विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको  एपीएफले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७१ रनको  योगफल तयार पारेको थियो । एपीएफका लागि आसिफ शेखले सर्बाधिक ११४ रनको योगदान दिए । उनले १४ चौका र ३ छक्काको सहयोगमा ११४ रनको योगदान दिएका हुन । 

त्यस्तै  सन्दीप जोराले ५२ रनको महत्त्वपूर्ण योगदान दिए। लोकेश बमले २९ रन, युवराज खत्रीले अविजित २६ रन बनाए भने कप्तान रोहित पौडेलले ९ रन जोडे बलिङतर्फ बागमतीका रिजन ढकालले चार विकेट लिए भने इसान पान्डेले दुई विकेट झारे । त्यस्तै सन्दीप लामिछाने र सोनु देवकोटाले समान एक एक विकेट लिए ।

प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब र सात प्रदेश गरी १० टोलीको सहभागिता रहेको छ ।  हिजोदेखि सुरुआत भएको उक्त प्रतियोगिताको विजेता टोलीले रु १० लाख पाउँदा उपविजेताले रु पाँच लाख प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्