Logo
Logo

पीएम कपमा त्रिभुवन आर्मी क्लबको विजयी सुरुवात


441
Shares

काठमाडौं । जारी पीएम कप अन्तर्गत त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । आइतबार सम्पन्न खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई २२ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

त्रिभुवन आर्मीले दिएको २४४ रनको लक्ष्य पछाएको पुलिस क्लबले ४५.३ ओभरमा अल आउट हुँदै २२१ रन बनाएको थियो ।

पुलिसका लागि रशिद खानले सर्बाधिक ६० रन बनाएका थिए भने शङ्कर रानाले ४६, कप्तान आरिफ सेखले ३८ र करण केसीले २३ रन बनाएका थिए । त्यसैगरी आर्मीका बलर नरेन साउदले ३ विकेट लिए भने आकश चन्दले २ विकेट लिएका थिए ।

यसअघि बर्षाले प्रभावित भएपछि ४७-४७ ओभर खेलिएको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको आर्मीले ४७ ओभरमा ८ विकेट गुमाउँदै २४३ रन बनाएको थियो । आर्मीका लागि बसिर अहमदले शतकीय पारी खेलेका थिए । बसिरले ८६ बलमा १०० रन बनाएर आउट भएका थिए । त्यस्तै भीम सार्कीले ६२ रन बनाएका थिए ।

त्यसैगरी पुलिस क्लबका बलर सर्वन यादवले ३ विकेट लिए भने सागर ढकाल र रशिद खानले २-२ विकेट लिए । अब त्रिभुवन आर्मीले अर्को खेल बिहीबार गण्डकी प्रदेशसँग खेल्ने छ भने नेपाल पुलिस क्लबले अर्को खेल मङ्गलवार एपीएफसँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्