Logo
Logo

यस वर्ष वन डढेलोको घटना कम हुन्छ : वन मन्त्रालय


315
Shares

काठमाडौं । वन तथा वातावरण मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्माले आगामी चालु आ.व.मा वन डढेलोको घटना हुने सम्भावना कम रहेको बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित वन डढेलो सम्बन्धी कार्यक्रममा बोल्दै उनले वन बढेलोको घटना हुने सम्भावना कम रहेको बताएका हुन् । सचिव शर्माले यस वर्ष हिउँदे वर्षात भएकाले वन डढेलोको सम्भावना घटन जाने देखिएको पनि स्पष्ट पारे । हिउँदे वर्षातले वनमा रहेका पातपतिंगरहरु कुहिने भएकाले पनि प्राकृतिक रूपमा पनि वनमा डढेलो लाग्ने सम्भावना कम देखिएको उनको तर्क छ । सचिव शर्माले आगलागीको आकस्मिक घटनाबाट हुने क्षतिलाई न्युनिकरण गर्न चनाखो भएर लाग्नुपर्ने अवस्था रहेको समेत बताए ।  

उनले भने, ‘वनमा हुने डढेलो इन्सिडेन्ट कसरी घटना सकिन्छ रु भन्ने कुराका भेरिएवलहरु के के हुन त रु हाम्रो टेन्डेन्सी के छ भने यो जनवरीको इन्डमा पुसको तेस्रो हप्तादेखि माघको पहिलो हप्तासम्म थ्रि डेस वीन्टर रेन्फल भयोभने त्यो वर्ष पोष्ट फायर हुने चान्सेस कम हुन्छ । पातपतिंगरहरु प्रशस्तै एकजर्ब गर्छ स्वायलले । पातपतिंगरहरु कुहिएर झर्ने धेरै सम्भावना हुन्छ । त्यसले घटाउन सक्छ । र हामीले यो निरन्तर रूपमा पानी प्राप्त गर्न सकेनौ, वीन्टर ¥यानफल भएन पनि हिजो र अस्तिको वर्षाले योधेरै नै घटयो । अव हुने आगलागिलाई यसले घटाउँछ । अब यो पानीले त कुहाउने पनि भयो । यी क्लाईमेटमा भेरिएवलहरु हुन । कसरी टेम्प्रेचर बढी राखेका छ । यस वर्षको फरेष्ट फायरको सम्भावना घटना घटन सक्छ भन्ने छ । कतै फायरिङको रिक्सजोन हुन्छ । कतै फायर जोनको रिस्क कम भयो पनि त्यसले बढी क्षति पु¥याउन पनि सक्छ ।’

प्रतिक्रिया दिनुहोस्