Logo
Logo

अर्थविद् केशव आचार्यको निधन


1.1k
Shares

काठमाडौं । नेपालका प्रख्यात अर्थविद् केशव आचार्यको निधन भएको छ । केही दिनयता अस्वस्थ रहेका उनको काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको थियो । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका आचार्यको सोमबार निधन भएको हो । आचार्यलाई मस्तिष्कघात भएसँगै न्यूरो हस्पिटलमा भर्ना गरिएको थियो ।

 

गत मंगलबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि ७२ वर्षीय आचार्यलाई थापाथलीस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरिएको थियो ।  

नेपालको आर्थिक नीति निर्माण र विश्लेषणमा सक्रिय भूमिका खेलेका आचार्यले सधैँ समालोचनात्मक धारणा प्रस्तुत गर्ने गरेका थिए । नेपाल राष्ट्र बैङ्कका पूर्व कार्यकारी निर्देशकसमेत रहेका उनी अवकाशपछि पनि अर्थतन्त्रसम्बन्धी अध्ययन, अनुसन्धान र विश्लेषणमा निरन्तर सक्रिय थिए।

आचार्य २०३४ सालमा राष्ट्र बैङ्कमा प्रवेश गरेका थिए । नेपाल राष्ट्र बैङ्कमा तीन दशकभन्दा बढी समय काम गरेका आचार्यले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)मा समेत केही महिना काम गरेका थिए ।  उनका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्