काठमाडौं । जारी पीएम कपमा सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन् । सोमबार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ४ विकेटले पराजित गरेको हो ।

कर्णालीले दिएको १२० रनको लक्ष्य पछाएको सुदूरपश्चिम प्रदेशले २९.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि सुदूरपश्चिमका बलर हेमन्त धामीले ६ विकेट लिएपछि कर्णाली ११९ रनमै अल आउट भएको थियो ।
त्यस्तै आजै सम्पन्न अर्को खेलमा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई १४८ रनले पराजित गरेको छ । लुम्बिनी प्रदेशले दिएको २५० रनको लक्ष्य पछाएको कोशी प्रदेश ३१.४ ओभरमा अल आउट हुँदै १०१ रन मात्र बनाएको थियो । कोशीको ब्याटिङ लाइन ध्वस्त पर्न लुम्बिनीका बलर सन्तोष यादवले ४ र राजेन्द्र बमले ३ तथा निर्मल गुरुङले २ विकेट लिएका थिए ।
यसअघि कप्तान देव खनालको ९२ रनको योगदानले लुम्बिनीले ४९.३ ओभरमा अल आउट हुँदै २४९ रन बनाएको थियो ।











