
काठमाडौं । झापास्थित कचनकवल गाउँपालिका–४ मा सवारीसाधन (सिटी) को ठक्करबाट मोटरसाइकल चालक ५० वर्षीय शुकदेव गणेश मृत्यु भएको छ ।
गएराति बनियानीबाट लोधाबारी गइरहेको बीआर–११सी–३०७१ नम्बरका मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र–१–०१–००२ बी ६४११ नम्बरको सिटी एकापसमा ठोकिएको थियो ।
सो दुर्घटना गम्भीर घाइते भएका गणेशलाई उपचारका लागि भद्रपुरस्थित ओम साई पाथीभरा अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्याएलगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
प्रहरी सिटी चालक स्थानीय वर्ष १९ का सैजन मियाँ, सिटी र मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।











