Logo
Logo

प्रधानमन्त्री बालेन, मन्त्रीहरू को–को ?


3.8k
Shares

काठमाडौं । दुई दिनपछि मुलुकले नयाँ सरकार पाउने निश्चित छ । अहिलेसम्म प्रधानमन्त्रीमा बालेन्द्र साह (बालेन) बाहेक कसैको पनि मन्त्रीपद निश्चित भैसकेको छैन । तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १३ चैतमा प्रधानमन्त्री नियुक्ति गर्ने गरी सम्पूर्ण निकायमा पत्रचार गरेपछि सरकारमा को को सहभागी हुन्छन् भन्ने कौतुहलता बढेको पनि पाँच दिन भैसक्यो ।

सांस्कृतिक रुपमा राम नवमीको दिन पारेर बालेनले प्रधानमन्त्रीको सपथ लिदा मन्त्रीहरूको नाम बारेमा भने अन्योल रहेको छ । मन्त्री छान्न काठमाडौंका तारे होटलमा शीर्ष नेताहरूको बैठक बसेको तस्वीर सार्वजनिक हुनुबाहेक औपचारिक रुपमा कोही कसैको पनि मन्त्री पद सुनिश्चित भएको छैन ।

महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार पार्टीले संवैधानिक निकायहरूमा पार्टीका तर्फबाट जानकारी दिइसकेको र मन्त्रीहरूको बारेमा छलफल चलिरहेको छ । सरकारमा बालेनका सारथिमा धेरैजसो रवि लामिछानेकै निकट व्यक्ति मन्त्री हुने संभावना रहेको छ । बालेनले रविलाई सभामुख दिएर आफूले अनुकुलका मन्त्री छान्ने अवसर र दबाब बढाइरहेको स्रोतले बताएको छ ।

महामन्त्री बुर्लाकोटीका अनुसार त्यसअघि नै पार्टीले संसदीय दलको नेता टुंग्याइनेछ । मन्त्रीमण्डल कति सदस्यीय बनाउने भन्ने विषयमा बिहीबारदेखि आजसम्म पनि नेताहरूबीच छलफल चलिरहेको छ । सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन र उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र डोलप्रसाद (डीपी) अर्यालबीच बढीमा १८ सदस्यीय मन्त्रीमण्डल बनाउने छलफल भएको छ ।

चुनावअघि बजेट भाषण लेख्नलाई निर्देशन पाएका स्वर्णिम वाग्ले अर्थमन्त्री निश्चत भएको बताइन्छ । अर्याललाई गृहदिने विषयमा बालेन आफै इच्छुक देखिएका छैनन । यद्यपि, रविले डीपीलाई अघि सारिरहेका छन् । रविको समूहले १० र बालेनले प्रधानमन्त्रीसहित ८ मन्त्रालय लिएर सरकार सञ्चालन गर्ने अनौपचारिक छलफल भैरहेको स्रोतले बताएको छ ।

प्रधानमन्त्रीमा शाहले सपथ लिएकै दिन केही मन्त्रीले पनि सपथ लिने गरी तयारी भइरहेको बताइन्छ । १८ सदस्यीय बनाउने मन्त्रीमण्डलमा सभापति लामिछाने पक्षबाट १० र बालेनपक्षबाट ८ जनालाई मन्त्री बनाउने गरी छलफल गरिएको छ ।

उपसभापति अर्याललाई गृहमन्त्री तथा वाग्लेलाई अर्थमन्त्री बनाउने कुरा रास्वपाभित्र चलेपनि मिडिया ट्रायल नगर्न भन्दै मन्त्रीबारे हल्ला कम गराउन थालिएको छ । त्यस्तै, परराष्ट्र मन्त्रालयमा शिशिर खनाल र अमरेशकुमार सिंहले दाबी गरिरहँदा कानुनमन्त्रीमा सोविता गौतम, पर्यटनमन्त्रीमा धनन्जय रेग्मी, विराजभक्त श्रेष्ठ र सुम्निमा उदासको संभावनाबारे छलफल भैरहेको छ ।

त्यसैगरी सुनिल लम्सालको पनि गृहमा चर्चा चल्दा सस्मित पोखरेललाई शिक्षामन्त्री बनाउने गरी छलफल भएको छ । त्यस्तै सञ्चारमा जगदीश खरेल र मनिष झाले इच्छा जनाएका छन् भने सुधन गुरुङले भौतिक पूर्वाधारमा दाबी गरेका छन् । तर उनलाई मन्त्री बनाउदा आउने जोखिमबारे पार्टीका शीर्ष नेताहरूबीच छलफल भैरहेको छ ।

स्वास्थ्यमन्त्रीमा तोसिमा कार्की र लेखजंग थापाको चर्चा रहेको छ । रास्वपा प्रवेश गरेका बालेनले प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारमा ४० प्रतिशत कोटा लिएका थिए । हाल रास्वपाका १२५ प्रत्यक्ष र ५७ समानुपातिक सांसद निर्वाचित भएका छन् । झण्डै दुईतिहाइको हाराहारीमा सिट संख्या लिएर सरकार बनाउन लागेको रास्वपा सरकारलाई उच्च प्राथमिकताका साथ हेरिएको छ ।

बालेनले सपथ लिदा बाहिरबाट पनि मन्त्री बनाउनेगरी छलफल अघि बढाएका छन् । मन्त्रीको टुंगो भने १३ गते बिहान मात्रै लाग्ने बताइएको छ । शितल निवासमा प्रधानमन्त्री र मन्त्रीहरूको सपथका लागि तयारीसमेत भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्