Logo
Logo

सुरजको निर्देशनमा ‘जीवन सुनमा सुगन्ध’


- दृष्टि न्युज/संवाददाता


काठमाडौ., २७ कार्तिक । गायिका मेलिना राई र राहुल रक्सको युगल गीत सार्वजनिक भएको छ । ‘जीवन सुनमा सुगन्ध’ बोलको हालै सार्वजनिक गीतमा सुरज अधिकारीको शब्द तथा संगीत रहेको छ । सो गीतममा महाराज थापाको संगीत संयोजन छ ।
लामो समयदेखि चलचित्र पत्रकारितामा सक्रिय तथा गायकसमेत रहेका सुरज पौडेलले यस भिडियोलाई निर्देशन गरेका छन् । सुरजको यो पहिलो निर्देशकीय भिडियो हो । उत्सव दाहालले छायाँकन गरेको उक्त भिडियोमा जुना गुरुङ र शान्तकारम थापा फिचर्ड छन् ।
बिष्णु खड्काले सम्पादन गरेको उक्त भिडियोमा जगत रेग्मीको कोरियोग्राफी रहेको छ । यस भिडियोलाई प्रिजम मुभिजले निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्