Logo
Logo

सामाजिक सञ्जालमार्फत् किशोरीको चरित्र हत्या गरेको आरोपमा युवक पक्राउ


189
Shares

काठमाडौं । किशोरीको चरित्र हत्या गरेको अभियोगमा काठमाडौंबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं बस्दै आएका काभ्रेको नमोबुद्ध नगरपालिका–८ दारीमबोट घर भएका २२ वर्षीय अशोक लामा रहेका छन् ।

किशोरीको अन्तरङ्ग तस्बिर तथा भिडियो टेलिग्राम एकाउन्टबाट प्रसारण भइरहेको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा कारबाही हुने प्रहरीले जनाएको छ । उनलाई जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्