Logo
Logo

पिएम कपः बागमतीले गण्डकीलाई दियो २९५ रनको लक्ष्य


189
Shares

काठमाडौं । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई २९५ रनको लक्ष्य दिएको छ ।  

मंगलबार तल्लो मूलपानी क्रिकेट रंगशालामा टस होर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले निरर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९४ रन बनाएको हो । 

बागमतीको लागि इशान पान्डे र आशुतोष घिरैयाले अर्धशतकीय पारी खेले । पान्डेले ७१ रन बनाउँदा घिरैयाले ५९ रन बनाए ।  गण्डकीको लागि कमल परियारले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्