Logo
Logo

प्रहरीको ठेक्कामा दुई ठेकेदारको नजर


1.2k
Shares

काठमाडौं । लामो समयपछि नेपाल प्रहरीले खरिद गर्न लागेको दंगा नियन्त्रण सामाग्रीमा दुई ठेकेदारले आँखा लगाएका छन् । नेपाल प्रहरीले ठुलो परिमाणमा दंगा नियन्त्रण सामग्री खरिद गर्न लागेपछि महेश शर्मा र झम्क भट्टले आँखा लगाएका हुन् । नेपाल प्रहरीको प्रबन्ध निर्देशनालयले करिब ३६ करोडमाथिको दंगा नियन्त्रण सामाग्री खरिद गर्न लागेको हो । दंगा नियन्त्रण सामग्री (राइट कन्ट्रोल गियर), ढाला (एन्टी रोइट सेल्ड), टियर ग्यास, ब्यारीगेट तथा केही भेहिकलहरू खरिद गर्न लागेको छ ।

नयाँ सरकार बनेसँगै आन्दोलन हुनसक्ने र प्रहरीसँग कुनै पनि सामाग्री नभएका कारण त्यसलाई कन्ट्रोल गर्न सामाग्री नभएको कारण देखाएर तुरुन्तै खरिद गर्न लागेपछि सो सामाग्री आपूर्ती गर्ने ठेकेदारहरुको नजर परेको हो ।

अन्तरिम सरकारले पनि बजेट समेत सुनिश्चित गरिसकेका कारण यी सामाग्री तुरुन्तै आउने बताइएको छ । यसमा पनि आर्थिक प्रशासनमा रहेका एसपी अनन्त न्यौपाने तथा डिएसपी प्रकाश थापाले चलखेल गरिरहेको स्रोतको दावी छ । उनीहरुले ठेकेदारद्वय शर्मा र भट्टलाई पर्ने गरी सेटिङ गरिसकेको स्रोतको दावी छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि गठन भएको नागरिक सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरेसँगै प्रहरीले आवश्यक दंगा नियन्त्रण सामाग्री खरिद गर्न लागेको हो । यसका लागि अर्थमन्त्री रामेश्वर खनालले बजेट समेत सुनिश्चित गरिदिइसकेको प्रहरी प्रधानकार्यालय स्रोतले जनाएको छ ।

करिब ३६ करोड १८ लाख मूल्य बराबरको हेलमेटलगायत भिड नियन्त्रणमा आवश्यक सामग्रीसहितको राइट कन्ट्रोल गियर र करिव ७५ लाख बराबरको ढाला खरिदका लागि नेपाल प्रहरीको आर्थिक प्रशासन तथा प्रवन्ध निर्देशनालयले गत माघ २६ गते बोलपत्र सूचना निकालेको थियो ।

त्यसका लागि पहिलो चरणमा यही चैत १२ गते ठेकेदारहरुको प्रारम्भिक छनौट गरिने प्रहरी प्रधानकार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयले जनाएको छ ।

ठेक्का आह्वान भएको ४५ दिनभित्र नमुनासहित प्राविधिक मूल्यांकन हुने भएकाले चैत १२ गते विहिबार यसबारे छनौट कार्य गरिने प्रहरीले जनाएको छ ।

यद्यपि, त्यसदिन सांसदहरुको सपथ ग्रहण र १३ गते नयाँ सरकार बन्ने भएकाले केही दिन पर सर्न सक्ने पनि बताइएको छ । तर प्रहरी प्रधानकार्यालयले यो विषयमा तयारी गरिसकेको र टेण्डर हाल्ने ठेकेदारहरुलाई यसको जानकारी गराइसकेको बुझिएको छ । यो ठेक्कामा पूर्व डिएसपी गणेश चन्दले पनि रुची राखेको स्रोतले जनाएको छ ।

निर्वाचनको मुखमा सेटिङमा निकालिएको टेण्डरमा शर्मा र भट्टलाई मात्र मिल्ने गरी स्पेक बनाइएको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस्