काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले जसले निर्वाचनमा मत नमागेकालाई विशेष महाधिवेशनको महत्त्व थाहा नहुने दाबी गरेका छन् । राजीनामा अस्वीकृत भएपछि मङ्गलवार केन्द्रीय समिति बैठकमा सहभागी हुँदै सभापति थापाले आफ्नो जवाफदेहिता ठानेर राजीनामा दिएको बताएका हुन् ।

उनले भने, ‘जसले मत माग्नुभएन, वा भोट हाल्न जानुभएन उहाँहरूलाई थाहा हुने कुरा भएन । जो साथी लाग्नुभयो उहाँहरूको सुझाव मेरो लागि शिरोधार्य हुने नै भयो ।’ जो निर्वाचनमा खटिएर लागे उनीहरूको सुझावका आधारमा जिम्मेवारीमा फर्किएको उनले बताए ।
आफूले राजीनामा स्वीकृत होस् नै भन्ने चाहेको पनि उनले बताए । उनले भने, ‘मैले गरेको निर्णय र निर्णयपछिको अर्को निर्णयले यो अध्याय सकियो ।’ आफूले निर्वाचन लगत्तै राजीनामा दिन चाहेपनि केही प्राविधिक कारणले आफू रोकिएको बताए ।
उनले भने, ‘विशेष महाधिवेशनपछि सभापतिको निर्णयको आधारमा निर्वाचनका प्रक्रिया पूरा गर्ने मेरो कर्तव्यभित्रको कुरा थियो । ३ गते मैले सबै काम टुङ्ग्याएर राजीनामा दिएको थिएँ ।’











