Logo
Logo

सुनसरीको इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा


252
Shares

काठमाडौं । सुनसरीको इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा फहराइएको छ । इनरुवाको वडा नम्बर ७ मा निर्माणाधिन ग्रिन सिटी पार्क भित्र २ सय १० फिट अग्लो राष्ट्रिय झण्डा फहराइएको हो ।

The current image has no alternative text. The file name is: nepali-flag.jpg

पाथीभरा देवीको मन्दिर निर्माणका लागि आयोजित पुराणकाबीच इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा राखिएको छ ।

पञ्चेबाजाको धुनसहित विशेष पूजाआजा गरी अग्लो उचाईमा राखिएको नेपालको राष्ट्रिय झण्डो झण्डोत्तोलन गरिएको थियो ।

ग्रीन सिटी परियोजना अन्तर्गत इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा राखेको डीएन ग्रुपले अग्लो राष्ट्रिय झण्डा सहित निर्माणाधीन पाथीभरा मन्दिरको पूर्णतासँगै थपिने संरचनाहरूले इनरुवाको पर्यटन र बिकासमा टेवा पुग्ने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्