Logo
Logo

सिंहदरबारबाट बिदा भइन् प्रधानमन्त्री कार्की


0
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजकीय जिम्मेवारीबाट अलग हुने तयारी गरेकी छिन् । शुक्रवार प्रस्तावित प्रधानमन्त्री बालेन शाहले प्रधानमन्त्रीको नियुक्तिपत्र लिने र सोही दिन शपथग्रहण गर्ने कार्यक्रम रहेको छ ।

The current image has no alternative text. The file name is: pm-susila.jpg

जिम्मेवारी छाड्न केही दिन मात्र बाँकी रहेको अवस्थामा प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट औपचारिक रूपमा जिम्मेवारी छाडिसकेकी छिन् । 

उनले कार्यालय नआउने जानकारी गराउँदै अनौपचारिक रूपमा बिदाबारी लिएकी जनाइएको छ । कर्मचारीहरूले बिदाइ कार्यक्रम गर्न प्रस्ताव गरेको भए पनि उनले आफूलाई बिदाइ गर्नुपर्ने बताएकी हुन् ।

कार्की सिंहदरबारको प्रधानमन्त्री कार्यालय गएकी छैनन् । कार्यालयमा रहेका उनका व्यक्तिगत सामानसमेत सचिवालयका कर्मचारीले टोखास्थित निजी निवासमा सारिसकेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट पनि कार्की परिवारले आफ्ना सबै सामान टोखा सारिसकेको छ । टोखास्थित निजी निवासमा पूर्वप्रधानमन्त्रीका हैसियतले थप सुरक्षा व्यवस्था मिलाउन संरचना निर्माणको काम भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्