Logo
Logo

आज एकैदिन तोलाको १४ हजार ६ सयले बढ्यो सुन


1k
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १४ हजार ६ सयले बढेर तोलाको २ लाख ८८ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार सुन तोलाको २ लाख ७३ हजार ९ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४१५७ रुपैयाँले बढेर ४ हजार ९२० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४५०५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्