Logo
Logo

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ


630
Shares

काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज राष्ट्रपति कार्यालय शीतल निवासमा सांसद केसीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पदको शपथ ग्रहण गराएका हुन् ।

शपथ लगत्तै केसीले आफ्नो शपथ पत्रमा हस्ताक्षर गरेका छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी सबैभन्दा पाका सदस्य हुन् ।

अब उनले बिहीबार बाँकी २७४ सांसदलाई शपथ गराउनेछन् भने सभामुख निर्वाचित नहुँदासम्म प्रतिनिधि सभा बैठकको अध्यक्षता समेत गर्नेछन् ।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन् । सांसद केसी कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीका माध्यमबाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्