Logo
Logo

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेको दाबी


756
Shares

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सहमहामन्त्री भीष्मराज आङ्देम्बेले संसदीय दलको नेतामा आफ्नो दाबी रहने बताएका छन् । कांग्रेसबाट समानुपातिक कोटामा सांसद बनेका उनले संसदीय दलको नेतामा आफ्नो दाबी रहने बताएका हुन् ।

‘यो परिस्थितिमा संसदीय नेतृत्व गरेर जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्नु आवश्यक छ । यसका लागि म तयार छु,’ आङ्देम्बेले भने, ‘यो पल्ट संसदीय दलको नेताको रूपमा मेरो दाबी स्वाभाविक हो ।’

आङ्देम्बे २०७० मा निर्वाचित भएपछि उद्योग वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण संसदीय समितिको सभापति समेत भएका थिए । प्रतिनिधिसभामा ज्येष्ठ सदस्य रहेका अर्जुननरसिंह केसीलाई दलको नेता बनाउने चर्चा भइरहेका बेला आङ्देम्बेले पनि दाबी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्