
काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्नका लागि बनेको गौरीबहादुर कार्की आयोगले आफ्नो काममा उत्कृष्ट गरेको भन्दै ९ जनालाई पुरस्कार र बढुवा सिफारिस गरेको छ।
आयोगले सहसचिव प्रकाश पौडेल, उपसचिव कमल पाण्डे, र कम्प्यूटर अपरेटर ज्ञानु थापालगायतलाई पुरस्कार दिन सिफारिस गरेको छ ।
त्यस्तै आयोगमा काम गरेका डीएसपी बिष्णुप्रसाद सोती, डीएसपी मुकेशकुमार तिवारी, र इन्स्पेक्टर गजेन्द्र रावललाई पनि पुरस्कार दिन सिफारिस गरिएको छ।
अर्कोतर्फ, हवल्दार जयकिशन प्रसाद कुर्मी, सहायक हवल्दार नवराज नेपाली, र सहायक हवल्दार हरिप्रसाद जैशीलाई एक तह बढुवा गर्न सिफारिस गरिएको छ ।











