Logo
Logo

प्रतिनिधिसभा सांसदहरुले लिए शपथ


441
Shares

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । २१ फागुनमा सम्पन्न निर्वाचनबाट निर्वाचित २७४ सांसदले सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । सङ्घीय संसद् सचिवालयका अनुसार ४७ जनाले नेपालीबाहेक भाषामा शपथ लिएका छन् । त्यसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिएका छन् ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीेले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्