Logo
Logo

पिएम कप : गण्डकीमाथि आर्मीको सहज जित


0
Shares

काठमाडौं । जारी पीएम कप अन्तर्गत त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशमाथि सहज जित निकालेको छ । बिहीबार सम्पन्न खेलमा आर्मीले गण्डकीलाई ७ विकेटले पराजित गरेको हो ।

The current image has no alternative text. The file name is: cricket-5.jpg

गण्डकीले दिएको २१० रनको लक्ष्य पछाएको आर्मीले ३४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । आर्मीको जितमा कप्तान विनोद भण्डारीले सर्वाधिक ५८ रन बनाए भने भिम सार्कीले अविजित ५४, तृतराज दासले ५१ र कुशल मल्लले अविजित ४३ रन बनाएका थिए । गण्डकीका बलर सुबास भण्डारीले २ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको गण्डकीले ४९.४ ओभरमा अल आउट हुँदै २०९ रन बनाएको थियो । गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ६७ रन बनाए भने दीपक डुम्रेले ५१ रन बनाएका थिए । त्यस्तै आर्मीका बलर आकाश चन्द र शाहाब आलमले ३-३ तथा कुशल मल्लले २ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्