काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले गणतन्त्रमा जसले जिते पनि आफ्नो जित हुने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहणपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले खुशी जनाएका हुन् । ‘नयाँ संविधान र गणतन्त्र अन्तर्गतको यो विजयलाई मैले सकारात्मक रूपमा हेरेको छु,’ उनले भने ।
उनले जितको लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई बधाई पनि दिए । ‘शान्तिपूर्ण रूपले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान अनुसार निर्वाचन सम्पन्न भएको छ, म खुशी छु,’ उनले भने, ‘जो साथीहरूले बहुमत लिएर सरकार बनाउँदै हुनुहुन्छ, उहाँहरूलाई बधाई र शुभकामना भन्न चाहन्छु ।’
उनले सरकारका राम्रा कामका सहयोग गर्ने बताए । ‘सकारात्मक काम, रचनात्मक कामको निम्ति सहयोग रहन्छ,’ उनले भने । वामपन्थी दल जिन्त नसकेको र रास्वपाले बहुमत लिएको विषयमा प्रचण्डले भने, ‘गणतन्त्र अन्तर्गत जसले जिते पनि प्रचण्डले जितेको हुन्छ ।’











