काठमाडौँ । प्रधानमन्त्रीको रुपमा शपथ लिने तयारीमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता बालेन्द्र शाहले नयाँ गीत सार्वजनिक गरेका छन्।

हिप–हप गायक समेत रहेका शाहले बिहीबार सांसदको शपथ ग्रहणलगत्तै नयाँ गीत ‘जय महाकाली’ युट्युबमा सार्वजनिक गरेका हुन् । उनको गीत सार्वजनिक भएको करिब एक घण्टामा एक लाखले हेरेका छन्।
यो गीतको अडियो ११ वर्षअघि नै रिलिज भैसकेको थियो। गीतलाई रि(मास्टर गरेर भिडिओसहित सार्वजनिक गरिएको हो। भिडिओमा बालेनको चुनावी प्रचारका दृश्य समावेश छन्।











