
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारमा ५ जना महिला बन्त्री बनेका छन् । राष्ट्रपति निवास शील निवासमा प्रधानमन्त्री बालेनसँगै नयाँ मन्त्रीहरूले शपथ लिएका हुन् ।
जसमा ५ जना महिला मन्त्री अटाइएका छन् । चितवन ३ बाट निर्वाचित सोविता गौतमलाई कानूनमन्त्रीको जिम्मेवारी दिइएको छ । उनी बाहेक अन्य मन्त्री बनेका चार जना समानुपातिक तर्फबाट आएका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमा प्रतिभा रावल, कृषिमा गीता चौधरी, महिला तथा बालबालिकामा सीता वादी र स्वास्थ्य तथा जनसङ्ख्यामा निशा मेहता मन्त्री बनेका छन् । मन्त्रिपरिषद्मा महिलाहरूको उल्लेख्य संख्या नेपालकै इतिहासमा यो पहिलो हो ।











