काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारीले पदबाट राजीनामा दिएकी छन् । महान्यायाधिवक्ता भण्डारीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भेटेर राजीनमा बुझाएकी हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भण्डारीले केहीबेर अघि राजीनामा बुझाएकी हुन् ।

भण्डारीलाई अघिल्लो अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले भदौ २९ गते महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् । नवनियुक्त प्रधानमन्त्री शाहले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्ति र शपथ लिएका थिए । नयाँ प्रधानमन्त्री आएको र आफूलाई नियुक्त गर्ने प्रधानमन्त्री सरकारबाट बाहिरिएपछि भण्डारीले पदबाट राजीनामा दिएकी हुन् ।











