Logo
Logo

बालेन ‘राजा महेन्द्र’ बन्न खोजेः दुजाङ शेर्पा


1.3k
Shares

काठमाडौं । नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले प्रधानमन्त्री बालेन्द्र शाह ‘राजा महेन्द्र’ बन्न खोजको टिप्पणी गरेका छन् ।

शनिबार बिहान एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले गिरफ्तार गरेपछि सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्री बालेन शाह ‘राजा महेन्द्र’ बन्न खोजको टिप्पणी गरेका हुन् ।

शेर्पाले भनेका छन– केपी शर्मा ओलीज्यूले ञ‘सि जिङपिङ’ बन्ने सपना देख्दा, देशले मूल्य तिर्दै–तिर्दै थाकिसक्यो । आशा बोक्ने काँधहरू भारी भइसके।अब बालेन्द्र शाहज्यु ‘राजा महेन्द्र’ बन्ने सपना नदेख्नुस् , किनकि यो देश अब ञमहेन्द्रपथझको तपाईँको सपनाको भारी बोक्न सक्दैन ।’

उनले गत भदौ मा भएको जेन–जी विद्रोहको दिन २३ मा र २४ एउटै सिक्काका दुई पाटा भएको पनि उल्लेख गरेका छन् । यी दुबैलाई बिर्सन नहुने टिप्पाणी गर्दै उनले ओलीको सपनाको मूल्य देशले तिर्नु परेको टिप्पाणी गर्दै मेलमिलापको नीतिमा अघि बढ्नुपर्ने आशय व्यक्त गरेका छन्।

‘बालेनेको कथित ‘नायकी’ सपनाले देश अभिसप्त नबनोस्,’ उनले भनेका छन् ‘देश ‘महेन्द्र’ होइन यतिबेला बिपीपथ खोजिरहेको छ।’ गिरफ्तारी विरुद्ध एमालेका भातृ संगठनहरूले आन्दोलनका कार्यक्रम शुरु गरिसकेको छ। काँग्रेसले भने हालसम्म कुनै विरोध वा समर्थनको औपचारिक निर्णय गरेको छैन।

प्रतिक्रिया दिनुहोस्