Logo
Logo

एमालेले दिउँसो ३ बजे माइतीघरमा प्रदर्शन गर्दै


441
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा आज दिउँसो ३ बजे माइतीघरमा जनसङ्गठनहरूको तर्फबाट विरोध प्रदर्शन हुने भएको छ ।

एमाले सचिव महेश बस्नेतका अनुसार अपराह्न ३ बजे माइतीघरमा जनसङ्गठनहरूको तर्फबाट विरोध प्रदर्शन हुने भएको हो ।

एमालेको सचिवालय बैठकले भोली सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई विरोध पत्र बुझाएर आन्दोलनको सुरुवात गर्ने निर्णय गरे पनि भातृ सङ्गठनहरूले भने आजदेखि नै प्रदर्शन गर्ने भएका छन् ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजत्वको आयोगले दिएको सिफारिसको आधारमा सरकारको निर्णय अनुसार प्रहरीले शनिवार बिहान ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्