Logo
Logo

आईपीएलको १९ औँ सिजन आजबाट


504
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ सिजन आज शनिबारबाट सुरु हुँदै छ । पहिलो खेल डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बैंगलुरु र सनराइजर्स हैदराबादबीच हुँदै छ । 

The current image has no alternative text. The file name is: ipl.jpg

खेल बैंगलुरुको एम चिन्नास्वामी स्टेडियममा साँझ ७: ४५ बजे सुरु हुनेछ । बैंगलुरुले गत सिजन पञ्जाब किंग्सलाई हराउँदै पहिलो पटक उपाधि जितेको टोली हो । 

बैंगलुरु र हैदराबादबीच हालसम्म २५ खेल भएका छन् । त्यसमध्ये १३ खेल हैदराबादले जितेको छ । ११ खेल बैंगलुरुले जितेको छ ।

एउटा खेल ‘टाई’ भएपछि सुपर ओभरमा हैदराबाद विजयी भएको थियो । एम चिन्नास्वामी स्टेडियममा दुवै टोलीबीच ८ खेल हुँदा ५ खेल बैंगलुरु र ३ खेल हैदराबादले जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्