Logo
Logo

ओली-लेखक पक्राउबारे धारणा बनाउन छलफलमा कांग्रेस


1.4k
Shares

काठमाडौं । सरकारले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गरेपछि उत्पन्न परिस्थितिको समीक्षा गर्न र पार्टीको धारणा बनाउन नेपाली कांग्रेसका नेता छलफलमा जुटेका छन् ।  

तत्कालीन सरकारका सत्ता साझेदार एमाले र कांग्रेस थिए । एमाले अध्यक्ष ओली सरकारका प्रधानमन्त्री थिए भने कांग्रेस नेता लेखक गृहमन्त्री थिए ।  

एमालेले बिहानै सचिवालय बैठक बोलाएर देशव्यापी प्रदर्शन गर्ने निर्णय  गरिसकेको छ । कांग्रेसले आधिकारिक धारणा नल्याउँदा संस्थापन इतर पक्षका नेताले छलफलमा जुटेका छन् । 

प्रतिक्रिया दिनुहोस्