Logo
Logo

पीएसएलमा दीपेन्द्र आबद्ध टोलीको पहिलो खेल आज  


1.1k
Shares

काठमाडौ । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले आज पाकिस्तान सुपर लिग  २०२६ को आफ्नो पहिलो खेल खेल्ने सम्भावना छ ।

उनी इस्लामाबाद युनाइटेड टोलीबाट खेल्दै छन् । टोली खेलमा मुल्तान सुल्तान्स विरुद्ध मैदानमा उत्रिने छ । खेल आज साँझ ७:३० बजे हुने छ । 

अक्सनमा इस्लामाबाद युनाइटेडले ऐरीलाई बेस प्राइस ६० लाख पाकिस्तानी रुपैयाँमा अनुबन्ध गरेको थियो । ऐरी सन्दीप लामिछानेपछि पीएसएल खेल्ने दोस्रो नेपाली खेलाडी हुन् । 

ऐरी मिडल अर्डर ब्याट्सम्यानको रूपमा टोलीमा समावेश छन् । उनको बलिङ तथा फिल्डिङले टोलीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्