Logo
Logo

सइसम्मको सरुवा अधिकार प्रदेशलाई


- दृष्टि न्युज/संवाददाता


काठमाडौैं, २९ कात्तिक ।
प्रहरी प्रधान कार्यालयले प्रहरी नायब निरीक्षक (सइ)सम्मको सरुवा अधिकार प्रदेश प्रहरी कार्यालयलाई प्रत्यायोजन गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले यस्तो निर्णय गरेका हुन् ।


सरुवाको अधिकार कहिले प्रदेशलाई दिने र कहिले खोस्ने गरिँदै आएको छ । प्रहरी प्रधान कार्यालयले अधिकार हस्तान्तरण गरेसँगै प्रदेशका डिआइजीले आफ्नो प्रदेशभित्र सइसम्मका जोसुकै कर्मचारीको सरुवा गर्न सक्नेछन् । मंसिरमा प्रदेश कार्यालयहरुले सरुवाको तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्