काठमाडौं । वर्षा र बाढीका कारण शुक्रवार साँझदेखि अवरुद्ध बीपी राजमार्ग आज बिहानबाट खुलेको छ ।

शुक्रवार साँझदेखि अवरुद्ध भएको राजमार्ग भक्तपुर सडक डिभिजन कार्यालयसँग समन्वय गरेर आइतबार बिहानबाट दुईतर्फी खुलाइएको हो ।
राजमार्ग खुले पनि मौसमको प्रतिकूलतालाई ध्यान दिँदै यात्रामा सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ ।
शुक्रवार साँझ ६ बजेदेखि बीपी राजमार्गको काभ्रे खण्डमा पर्ने रोशी-७ घुमाउनेडाँडा, रोशी-९ विरुवाडाँडा र चिउरीबास तथा रोशी-११ कालढुङ्गा र नमोबुद्ध नगरपालिका-६ चौकीडाँडामा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो ।
रोशी खोलाको बाढीले करिब साढे ५ किलोमिटर अस्थायी डाइभर्सन बगाएको थियो । बगाएका स्थानमा पुन: अस्थायी डाइभर्सन बनाइएको छ ।











