Logo
Logo

ससुरालीमा गएर श्रीमती र छोरीलाई एसिड हान्ने पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौैं, २९ कात्तिक ।
ससुरालीमा गएर श्रीमती र छोरीलाई एसिडले आक्रमण गर्ने युवक पक्राउ परेका छन् । जनकपुर उपमहानगरपालिका २० घर भएका संजिव शाहलाई प्रहरीले पक्राउ गरेको हो ।


उनले शनिबार बिहान जानकरीनगरस्थित ससुरालीमा रहेकी श्रीमती २१ वर्षिय आरती शाह र छोरी रिया साहलाई एसिडले आक्रमण गरेका हुन् । घटनापछि फरार भएका साहलाई जनकपुर ४ संकटमोचन मा.बि. नजिकबाट प्रहरीले पक्राउ गरेको हो । घाईतेहरुलाई जानकी हेल्थ केयर एण्ड टिचिङ अस्पताल जनकपुरमा उपचार भई रहेको, आरती साहको हात, अनुहार, पेट, छाती लगायतको शरिरको २० प्रतिशत भाग जलेको अवस्था गम्भिर, रिया साहको टाउको,बायाहातमा जेलेको अवस्था सामान्य रहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्