Logo
Logo

१९ अङ्कले बढ्यो सेयर बजार


252
Shares

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मङ्गलवार सेयर बजारको परिसूचक नेप्से १९.७० अङ्क बढेको छ । अघिल्ला दुई दिनमा ११९ अङ्क घटेको नेप्से आज बढेसँगै २८५१ को विन्दुमा पुगेको छ । 

The current image has no alternative text. The file name is: nepse-share-market.jpg

आज कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन १२ अर्ब ९६ करोडको कारोबार भएकोमा आज ११ अर्ब ११ करोडको भयो । १९५ कम्पनीको मूल्य बढ्दा ६३ को घट्यो भने ९ को स्थिर रह्यो ।

बजारका धेरैजसो समूहगत सूचक बढेका छन् । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.९४ प्रतिशत बढ्यो । त्यस्तै बैङ्किङ ०.७६, विकास बैङ्क ०.९०, फाइनान्स १.१२, होटल तथा पर्यटन १.००, हाइड्रोपावर ०.७५, लगानी ०.५६, जीवन बीमा ०.५२, माइक्रोफाइनान्स ०.५१, निर्जीवन बीमा ०.७६ र व्यापार समूह ०.७४ प्रतिशत बढे । अन्य समूह ०.५५ प्रतिशत घट्यो ।

६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन् ।

सप्तकोशी विकास बैङ्कको मूल्य सबैभन्दा धेरै ८.९६ प्रतिशत घट्यो । रिडी पावरको ३.२१ तथा धौलागिरि लघुवित्तको मूल्य २.८० प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, एसवाई प्यानल र कुमारी बैङ्क छन् ।

प्रतिक्रिया दिनुहोस्