Logo
Logo

पञ्जाब किङ्सका कप्तान अय्यरसहित पुरै टिमलाई जरिवाना


1.3k
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सातौँ खेलमा पञ्जाब किङ्सले चेन्नई सुपर किङ्सलाई पराजित गरेको छ । जित हासिल गरे पनि पञ्जाबका कप्तान श्रेयस अय्यर भने स्लो ओभर रेटका कारण जरिवानामा परेका छन् ।

The current image has no alternative text. The file name is: panjj.jpg

प्रतियोगिताको नियम उल्लङ्घन गरेपछि अय्यरलाई २४ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको छ । यो सिजनमा पञ्जाब किङ्सको दोस्रो पटकको ओभर रेट सम्बन्धी गल्ती भएकाले कप्तान मात्र होइन, टोलीका अन्य खेलाडी पनि कारबाहीमा परेका छन् । प्लेइङ- ११ र इम्प्याक्ट खेलाडीलाई ६ लाख भारु वा उनीहरूको खेल शुल्कको २५ प्रतिशतमध्ये जुन कम हुन्छ, त्यति रकम जरिवाना तोकिएको छ ।

प्रतियोगिता नियमअनुसार अब फेरि यस्तै गल्ती दोहोरिएमा अय्यरलाई ३० लाख भारु  जरिवानासँगै एक खेल प्रतिबन्धसमेत लाग्नेछ । लिग चरणमा अझै धेरै खेल बाँकी रहेकाले पञ्जाबका लागि अब थप गल्तीको ठाउ साघुरिएको छ ।

खेलमा अय्यरले ब्याटिङतर्फ उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले २९ बलमा ५० रन बनाउदै टोलीलाई जिततर्फ डोर्‍याएका थिए । नेहल वाधेरासँग मिलेर उनले ५९ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए, जसले खेलको दिशा नै बदल्यो । पञ्जाबले २०९ रनको लक्ष्य ५ विकेट गुमाउँदै सहज रूपमा पूरा गरेको थियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नई सुपर किङ्सले ५ विकेट गुमाएर २०९ रन बनाएको थियो । चेन्नईका युवा ब्याट्सम्यान आयुष म्हात्रेले ४३ बलमा ७३ रनको आकर्षक इनिङ्स खेलेका थिए। उनले कप्तान ऋतुराज गायकवाडसँग ९६ रनको साझेदारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्