काठमाडौं । दिल्ली क्यापिटल्सले आइपिएल अन्तर्गत मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । शनिवार सम्पन्न खेलमा दिल्लीले मुम्बईलाई ६ विकेटले पराजित गरेको हो । मुम्बईले दिएको १६३ रनको लक्ष्य पछाएको दिल्लीले १८.१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

दिल्लीको जितमा समिर रिज्वीले ९० रन बनाएका थिए भने पाथुम निसान्काले ४४ र डेभिड मिलरले २१ रन बनाएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १६२ रन बनाएको थियो । मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ५१ रन बनाएका थिए भने रोहित शर्माले ३५ र नमन धीरले २८ रन बनाएका थिए । त्यस्तै दिल्लीका बलर मुकेश कुमारले २ विकेट लिएका थिए ।
जारी आइपिएलमा दिल्लीले लगातार दोस्रो जित हासिल गरेको छ । त्यस्तै पहिलो खेल जितेको मुम्बईले भने दोस्रो खेलमा हार बेहोरेको छ ।











