Logo
Logo

नेप्सेमा भारी अङ्कको गिरावट


189
Shares

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अङ्कले घटेको छ । नेप्से परिसूचक १०५.५० अङ्कले घटेर २ हजार ६ सय ७६ दशमलव ६८ विन्दुमा बन्द भएको हो ।

The current image has no alternative text. The file name is: Share-market-down.jpg

आज १२ अर्ब ३८ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा ७ कम्पनीको सेयरमूल्य बढ्दा २६१ वटाको घटेको छ ।

बजारमा आज रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, भुजुङ हाइड्रोपावर लिमिटेड, रिजलाइन इनर्जी लिमिटेड र होटल फरेस्ट इन लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

नारायणी विकास बैङ्क, हिमालयन रि–इन्स्योरेन्स कम्पनी र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।

कारोबार पनि हिमालयन रि-इन्स्योरेन्स कम्पनीकै सर्वाधिक भएको छ । यस कम्पनीको आज ५८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

यस कम्पनीको सेयरमूल्य ९.८४ प्रतिशतले घटेको छ । सर्वाधिक कारोबार भने हिमालयन रि-इन्स्योरेन्स कम्पनीको भएको छ ।

नयाँ सरकार बनेपछि सेयर बजार निरन्तर ओरालो यात्रामा रहेको छ । निजी क्षेत्र नयाँ सरकारका कदमबाट सशङ्कित  बनेकाले बजार निरन्तर ओरालो लागिरहेको जानकारहरू बताउँछन् । झन्डै दुई तिहाइको सरकार बन्दा पनि लगानीकर्ताहरू लगानीको लागि तयार नरहेको देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्