Logo
Logo

इरानसँग युद्धविराम स्वीकार छ, तर यो लेबननमा लागु हुँदैनः इजरायल


1.2k
Shares

काठमाडौं । अमेरिका र इरानबीच २ हप्ताका लागि गरिएको युद्धविराम सम्झौतालाई इजरायलले पनि स्वीकार गरेको छ । तर उसले आधिकारिक विज्ञप्ति जारी गर्दै लेबननमा भने यो सम्झौता लागु नहुने बताएको छ ।

इजरायलले भनेको छ, ‘हामी इरानमा आक्रमण दुई हप्ताका लागि रोक्ने राष्ट्रपति ट्रम्पको निर्णयलाई समर्थन गर्छौं, यदि इरानले तुरुन्तै होर्मुज स्ट्रेट खोल्छ र अमेरिका, इजरायल र अन्य देशहरूमा आक्रमण बन्द गर्छ भने ।’

इजरायलले अगाडि भनेको छ, ‘इरानले अब आणविक हतियार, क्षेप्यास्त्र वा आतंक नमच्चाउने सुनिश्चितताका लागि अमेरिकाको प्रयासलाई इजरायल समर्थन गर्दछ ।’

अमेरिकाले आफूलाई यी लक्ष्य प्राप्त गर्न प्रतिबद्ध रहेको जानकारी दिएको इजरायलले उल्लेख गरेको छ । विज्ञप्तिमा अगाडि भनेको छ, ‘अमेरिकाले आगामी वार्तामा हामी र हाम्रा क्षेत्रीय सहयोगीहरूसँग यी लक्ष्य साझा गर्नेछ ।’

युद्धविरामका लागि मध्यस्थता गरेको पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले स्थायी शान्तिका लागि अब आउने शुक्रबार इरान र अमेरिकी प्रतिनिधिबीच इस्लामावादमा वार्ता हुने जानकारी दिएका छन् ।

सरिफले एक्समा लेखेका छन्, ‘म यो समझदार कदमलाई हार्दिक स्वागत गर्दछु र दुवै देशको नेतृत्वलाई हार्दिक धन्यवाद दिन्छु । म १० अप्रिल २०२६ शुक्रबार इस्लामाबादमा उनीहरूका प्रतिनिधिहरूलाई आमन्त्रण पनि गर्दछु ताकि सबै विवाद अन्त्य गर्दै अन्तिम सम्झौताका लागि थप वार्ता गर्न सकियोस्।’

उनले इस्लामाबादमा हुने वार्ताबाट दिगो शान्ति प्राप्त हुने विश्वास पनि व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्