Logo
Logo

पूर्वगृहमन्त्री रमेश लेखक रिहा


441
Shares

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखक हाजिरी जमानीमा रिहा भएका छन् । काठमाडौं  प्रहरी परिसरले आवश्यक परेका बेला हाजिर हुने सर्तमा लेखकलाई उनकी पत्नी यशोदा जोशी लेखकको जिम्मामा छाडेको हो । 

The current image has no alternative text. The file name is: ramesh-lekhak-pakrau.jpg

सर्वोच्च अदालतको आदेशअनुसार सरकारी वकिलबाट पत्र आएपछि लेखकसहित  पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई रिहा गरिएको हो ।

गत भदौमा भएको जेनजी आन्दोलनमा ज्यान जाने गरी दमन गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई जिल्ला प्रहरी परिसर काठमाडौंले यही चैत १४ गते शनिवार पक्राउ गरेको थियो ।

बिरामी भएका कारण एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए भने लेखकलाई महाराजगन्जमै रहेको प्रहरीको २ नं गणमा राखिएको थियो । 

गत सोमबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनील पोखरेलको इजलासले उनीहरूको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरे पनि परमादेश जारी गर्दै उनीहरूलाई थुनामुक्त हुने बाटो खुलाएको हो । अदालतले अब उप्रान्त म्याद थप नगर्न भनेको छ । 

प्रतिक्रिया दिनुहोस्