Logo
Logo

उपसभामुखमा ‘बार्गेनिङ’ नगर्न हर्क साम्पाङको चेतावनी


5k
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले उपसभामुखका लागि बार्गेनिङ नगर्न चेतावनी दिएका छन् ।  सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘उपसभामुखको चुनाव हुनेछ । छलफल गर्नुस्, बार्गेनिङ होइन ।’

The current image has no alternative text. The file name is: harka-1024x500-1.jpg

आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म  उपसभामुखका लागि मनोनयन दर्ताको समय छ । प्राप्त उम्मेदवारको सूची प्रकाशन आजै दिउँसो साढे २ बजे हुनेछ । भोलि शुक्रवार निर्वाचन हुनेछ ।

सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भइसकेका छन् । अब उपसभामुखमा महिला सांसदले मात्रै उम्मेदवारी दिन पाउँछन् ।

अहिले सत्तारुढ दल रास्वपामा उपसभामुख कसलाई दिने भन्ने विषयमा मत विभाजन भएको छ । रास्वपाका सभापति रवि लामिछाने राप्रपालाई दिने पक्षमा रहेका र प्रधानमन्त्री बालेन शाह श्रमसंस्कृती पार्टीलाई दिने पक्षमा रहेको पाइएको छ ।  

प्रतिपक्षमा रहेका अन्य दलहरूले पनि उपसभामुखमा आ-आफ्नो दाबी गर्दै आएका छन् । उपसभामुखलाई लिएर रास्वपाले कसलाई साथ दिन्छ त्यो विशेष चासोको विषय बनेको छ । 

प्रतिक्रिया दिनुहोस्