काठमाडौं । एमालेका महासचिव शङ्कर पोखरेलले सरकारले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको कुनै औचित्य पुष्टि गर्न नसकेको बताएका छन् ।

ओली र लेखक हाजिरी जमानीमा परिवारको जिम्मा लगाइएपछि गौरीबहादुर कार्की आयोगको पूर्वाग्रही प्रतिवेदनको आधारमा पक्राउ गरिएको भएपनि १० बित्दासमेत कुनै औचित्य पुष्टि हुन नसकेको पोखरेलेको भनाइ छ ।
उनले भनेका छन्, ‘कार्की आयोगको प्रतिसोधी, पूर्वाग्रही र अपूर्ण प्रतिवेदनलाई आधार बनाएर गरिएको गैर कानुनी गिरफ्तारीको १० दिन बित्दा पनि औचित्य पुष्टि हुन सकेन । अन्ततः हाजिरी जमानीको सहारा लिनु पर्यो यसले धेरै प्रश्न उठाएको छ।’










