Logo
Logo

दीपक खड्काको रिट मल्ल र पोखरेलको इजलासमा


1k
Shares

काठमाडौं । पूर्व ऊर्जामन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्काले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइका लागि सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

दीपककी पत्नी विनिता थापाले आफ्नो पतिलाई गैरकानुनी रूपमा थुनामा राखेको जिकिरसहित बन्दी प्रत्यक्षीकरणको रिट हालेकी थिइन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत १५ गते सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।

भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनमा बूढानीलकण्ठस्थित उनको घरमा रकम भेटिएको विषयमा अनुसन्धान अघि बढाइएको हो ।

प्रतिक्रिया दिनुहोस्