Logo
Logo

नेकपाको सचिवालय बैठक १० दिनपछि फेरि बस्ने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ मंसिर ।
कुनै महत्वपूर्ण निर्णयबिना नै नेकपाको सचिवालय बैठक स्थगित भएको छ । १० दिनपछि बस्ने गरी बैठक स्थगित भएको छ ।


बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली केही लचिलो भएको स्रोत बताउँछ ।

बुधबार बसेको सचिवालय बैठकले १८ गते स्थायी कमिटी र केन्द्रीय समितिको बैठक मंसिर २५ गतेलाई सार्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
त्यस्तै १३ गते बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफुले पनि प्रस्ताव पेश गर्ने जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्